श्री एयरलाइन्सको अफर: काठमाडौँ–पोखरा उडानमा एक टिकट खरिद गर्दा अर्को सित्तैमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २४ गते
श्री एयरलाइन्सको अफर: काठमाडौँ–पोखरा उडानमा एक टिकट खरिद गर्दा अर्को सित्तैमा
File Photo

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडानका लागि विशेष अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत  एयरलाइन्सले  असोज ४ गतेसम्म एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क  दिने जनाएको छ।

कम्पनीका प्रबन्धक अनिल मानन्धरका अनुसार पोखराको पर्यटनलाई प्रोत्साहित गर्न र यात्रु आकर्षण बढाउन यो योजना ल्याइएको हो। “पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ ।” मानन्धरले बताए।

असोज ४ गतेसम्म टिकट खरिद गर्नेले अफर पाउनेछन् । श्री एयरलाइन्सले आन्तरिक उडानमा १० वटा फिक्स्ड विङ विमान र ८ वटा हेलिकप्टरमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान छन्। साथै, श्री एयरलाइन्सले हाल काठमाडौँबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका प्रमुख गन्तव्य  तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स