२०८१ असोजमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो दर ७.५० प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित भएको छ।
अघिल्लो वर्ष यस अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशत थियो। तरकारी समूहको मूल्य २५.१५ प्रतिशतले वृद्धि भएको छ, जसले उपभोक्ताको खर्चलाई थप बोझिलो बनाएको छ। दाल तथा गेडागुडीको मूल्य १० प्रतिशतले बढेको छ भने खाद्य तथा खाद्यजन्य वस्तुहरूको मूल्य ९.५७ प्रतिशतले उकालो लागेको छ। यस्तै, घ्यू र तेलको मूल्य ४.९८ प्रतिशतले वृद्धि भएको देखिएको छ। केही वस्तुहरूको मूल्य भने घटेको छ। माछा तथा मासु उपसमूहको मूल्य १.१८ प्रतिशतले, मरमसलाको ०.७९ प्रतिशतले र चिनी तथा चिनीजन्य पदार्थको मूल्य ०.७८ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
गैर-खाद्य तथा सेवा समूहमा पनि केही वस्तुहरूको मूल्यमा वृद्धि भएको छ। विविध वस्तु तथा सेवाहरूको मूल्य १०.४९ प्रतिशतले, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशतले, कपडा तथा जुत्ताचप्पलको ६.१२ प्रतिशतले र घरायसी उपकरणको मूल्य ४.८८ प्रतिशतले वृद्धि भएको छ। यस तथ्यांकले मुद्रास्फीति केही घटे पनि उपभोक्ताका लागि दैनिक उपभोग्य वस्तुको मूल्य अझै उच्च रहेको देखाउँछ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया