मार्जिन कलमा ऋणिले धितो नथपे बैंकले सेयर बेचेर ऋण असूल गर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
मार्जिन कलमा ऋणिले धितो नथपे बैंकले सेयर बेचेर ऋण असूल गर्न पाउने

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा नयाँ व्यवस्था लागू गरेको छ। यस व्यवस्था अनुसार, सेयर बजारमा मूल्यको परिवर्तनको कारणले यदि सेयर धितो सुरक्षणको मूल्यमा कमी आउँछ र मार्जिन कल गर्दा ऋणीले थप सुरक्षण नराखेमा, बैंक र वित्तीय संस्थाले आफैं सेयर बिक्री गरेर ऋण असूल गर्न सक्नेछन्।

संसोधित निर्देशनमा सेयरको मूल्य घट्दा धितो सुरक्षणको मूल्यमा कमी आउँछ भने, सम्बन्धित बैंक र वित्तीय संस्थाले त्यसको अनुगमन गरी थप धितो राख्नको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ। यसरी थप सुरक्षण नराखेमा, बैंकले सेयर विक्री गरेर ऋण असूल गर्न सक्ने व्यवस्था लागू गरिएको उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०८० मा संसोधन गर्दै यस नयाँ व्यवस्था लागू गरेको हो।

संसोधित निर्देशनमा थप भनिएको छ, “इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरेर ऋण असूल गर्ने सम्बन्धी व्यवस्था प्रोडक्ट पेपरमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स