महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेल बासेको नाममा रहेको तीन हजार ८८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन्। इच्छुक सेयर धनीले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुली स्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण सहित आवेदन दिनुपर्नेछ।
सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ। तोकिएको समय भित्र संस्थापक सेयरधनी बाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति वा संघ संस्थालाई बिक्री गरिने पनि कम्पनीले जनाएको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)








प्रतिकृया