महुली लघुवित्तले ४५ हजार कित्ता सेयर बिक्री गर्दै



Advertisement
Ads

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेल बासेको नाममा रहेको तीन हजार ८८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो।


Advertisement

सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन्। इच्छुक सेयर धनीले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुली स्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण सहित आवेदन दिनुपर्नेछ।


Advertisement

सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ। तोकिएको समय भित्र संस्थापक सेयरधनी बाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति वा संघ संस्थालाई बिक्री गरिने पनि कम्पनीले जनाएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर