मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको पैसा नेपालमै रहनुपर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनुपर्ने बताएका हुन् ।
हाल उच्च शिक्षा लिन भन्दै नेपालबाट ठूलो जनशक्ति विदेश गइरहेका बेला मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाईसमेत नेपालमै हुनुपर्ने प्रसाईंले बताएका छन् । उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनुपर्छ ।
साथै, उनले मंसिर ३ गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाणसहित प्रस्तुत हुने बताए । उनले सोही दिन कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचरसहित प्रस्ट पार्ने बताए ।
















प्रतिकृया