भारतमा अक्टोबर महिनामा महँगी उच्च विन्दुमा पुगेको छ। मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार भारतको उपभोक्ता मूल्य सूचकांक ६.२% पुगेको छ। सेप्टेम्बरमा यो दर ५.५% थियो। अक्टोबर महिनाको यो वृद्धि पछिल्लो १४ महिना यताकै सबैभन्दा उच्च हो ।
यो महँगीको मुख्य कारण तरकारीको मूल्यमा भएको ४२% को वृद्धिलाई मानिएको छ। भारतमा अत्यधिक वर्षाले बाली र आपूर्तिमा पारेको नोक्सानीको कारण मूल्य वृद्धि देखिएको छ। भारतमा मुद्रास्फीति ६% माथि पुगेपछि आरबीआईको डिसेम्बरको मौद्रिक नीति बैठकमा ब्याजदर कटौतीको सम्भावना झन् घटेको छ भारतीय आर्थिक पत्रिकाले जनाएका छन्।
त्यसैगरी, डलरको तुलनामा भारतीय रुपैयाँको कमजोर बन्दा तेलको आयात खर्च बढ्न सक्ने भारतीय पत्रिकाले उल्लेख गरेका छन्। जसले भारतमा इन्धनको खुद्रा मूल्य अझै उकालो लाग्न सक्छ र मुद्रास्फीतिलाई थप बढ्ने छ। यसको प्रभाव नेपाली बजारमा समेत देखिन सक्छ।
















प्रतिकृया