भारतमा आफ्नो पहिलो शोरूम खोल्न मुम्बईमा कोठा खोज्दै एलोन मस्क

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३ गते
भारतमा आफ्नो पहिलो शोरूम खोल्न मुम्बईमा कोठा खोज्दै एलोन मस्क
AdvertisementAds

अमेरिकी इलेक्ट्रिक कार निर्माता टेस्लाले यस वर्षको अन्त्यमा भारतमा बिक्री सुरु गर्ने योजना अघि नयाँ दिल्ली र मुम्बईमा सम्भावित शोरूमका लागि स्थानहरू खोजिरहेको भारतीय आर्थिक पत्रिका मनी कन्ट्रोलले जनाएको छ।

टेस्लालेले भारतका सहरमा २८० वर्ग मिटर देखि ४८५ वर्ग मिटरको शोरूम र सेवा केन्द्र खोल्ने योजना बनाएको पत्रिकाले उल्लेख गरेको छ। पछिल्लो चार वर्षमा पहिलो त्रैमासिकमा आफ्नो विश्वव्यापी सवारी साधनको डेलिभरी घटेको देखेको टेस्लाले नयाँ बजारहरूमा व्यापार विस्तार गर्न प्रयासहरू बढाउँदैछ। भारतमा टेस्ला प्रवेश गर्न लामो समय देखि इच्छुक रहेपनि सवारी आयातमा लाग्ने उच्च करको दरका कारण ढिलाइ गरिरहेको हो।

गत महिना भारतले विद्युतीय अटोमोबाइल आयातमा लाग्ने कर शत प्रतिशत बाट भारतमा कम्तिमा ४ हजार करोड भारतीय रुपैया लगानी गरी कारखाना स्थापना गर्ने अटोमोबाइल उत्पादकहरूको लागि १५% मा घटाएको थियो। याे निर्णय पछि टेस्ला भारत प्रवेशमा थप आकर्षित देखिएको हो।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले लगानी घोषणा गर्न र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत भ्रमण गर्ने मनी कन्ट्रोलले उल्लेख गरेको छ।

/मनी कन्ट्रोल

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स