बिल नतिर्ने क्रसरको लाइन काट्न गएका प्राधिकरणका कर्मचारीमाथी कुटपिट

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २० गते
बिल नतिर्ने क्रसरको लाइन काट्न गएका प्राधिकरणका कर्मचारीमाथी कुटपिट

नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो ।

कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए ।

कर्मचारीमाथि कुटपिट भएपछि मादीको शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ । छ वटा ठूला उद्योगले डेडिकेटेड र ट्रंकलाइनको प्रयोग गरेबापत् आठ अर्ब रुपैयाँभन्दा धेरै नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएपछि लाइन जोडिएको छ ।

यो घटनापछि देशैभरी बिजुलीको बिल नतिर्ने र लाइन काट्न गएका कर्मचारीमाथि कुटपिट भइरहेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स