‘बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ’

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
‘बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरे ।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसद कंसाकारले जलन पीडितलाई अन्य दीर्घरोग, मिर्गाैला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरे ।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलन पीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताए । “जलनको उपचार धेरै नै महङ्गो छ । धेरै जसो जलनपीडित दुर्घटना परेपछि उपचार नपाएर निधन हुने भुइँमान्छे छन् । कहिलेसम्म हामीले आँखा चिम्लने, कहिलेसम्म अमानवीय पीडालाई हामी सम्बोधन नगर्ने ?”, उनले प्रश्न गरे ।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताए । जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स