नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले बक्यौता नतिरेकालाई २४ घण्टाभित्र बिजुली पुन: जोड्न सरकारद्वारा जारी निर्देशप्रति आपत्ति जनाएका छन्।
सोमबार नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरूले बक्यौता तिरेपछि मात्र लाइन जोड्नुपर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
विज्ञप्तिमा ६० दिनभन्दा बढी महसुल नतिर्ने उपभोक्ताको लाइन काटेर रकम असुल गर्ने प्रावधान रहेको र उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने उल्लेख छ।
“सरकारबाट उद्योगीको बक्यौता नरहे पनि २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिनुले साधारण उपभोक्ताबाट महसुल असुल्न चुनौती थपिने र संस्थालाई धरासायी बनाउने खतरा छ,” विज्ञप्तिमा भनिएको छ।


प्रतिकृया