बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजिनामा

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २८ गते
बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजिनामा

बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् । कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो ।

त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए ।

बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स