प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २७ गते
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७: १५ बजे शपथ लिदै छन् ।

मोदीले निर्वाचनको परिणाम पछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स