पोखराका मेयर धनराज आचार्यले करारमा रहेका कर्मचारीका विषयमा छलफल गर्न बोलाएको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिस्कार गरेका छन्।
लोकसेवाबाट स्थायी दरबन्दीमा कर्मचारी आइसकेपछि कांग्रेस प्रतिनिधिले करारका कर्मचारी हटाउन दबाब दिएपछि मेयरले आजको बैठक आह्वान गरेका थिए।
बुधबार ताला लगाउन आएका कांग्रेसका प्रतिनिधिहरूलाई मेयरले बिहीबारको बैठकमा निर्णय गर्ने आश्वासन दिएपछि कार्यपालिका सदस्यलाई बैठकमा बोलाएका थिए। यसमा कांग्रेसका २२ वडाध्यक्ष उपस्थित भए, तर एमालेका १७ जनप्रतिनिधिले असहमति जनाउँदै बैठक बहिस्कार गरे।















प्रतिकृया