पोखरामा भएको विरोध र उपसभामुखको चिठी काण्डबारे टिप्पणीहरू रोक्न लामिछानेले मागे प्रधानमन्त्री ओलीसँग समाधानका उपाय

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २६ गते
पोखरामा भएको विरोध र उपसभामुखको चिठी काण्डबारे टिप्पणीहरू रोक्न लामिछानेले मागे प्रधानमन्त्री ओलीसँग समाधानका उपाय

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर पछिल्ला घटनाक्रमप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। उनले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूविरुद्ध भइरहेको शृंखलाबद्ध विरोधप्रति असन्तोष जनाएका हुन्। मंगलबार साँझ बालुवाटारमा भएको भेटमा लामिछानेले प्रतिनिधिसभामा उपसभामुखलाई लक्षित टिप्पणीहरू रोक्न आग्रह गरेका थिए।

गत वर्ष उपसभामुख रानाले संसदको लेटरप्याड दुरुपयोग गर्दै अमेरिकी दूतावासमा अनधिकृत चिठी लेखेको खुलासा भएको थियो, जसमा उनले संसदसँग असम्बन्धित छ जना व्यक्तिलाई अमेरिका पठाउन भिसा अन्तर्वार्ताको मिति मिलाइदिन अनुरोध गरेकी थिइन्। यस घटनामा पैसाको लेनदेन भएको आरोपसमेत बाहिर आएपछि सांसदहरूले उपसभामुखमाथि पदीय दुरुपयोग र संसदको मानमर्दन गरेको भन्दै चासो राख्न थालेका छन्।

लामिछानेले उक्त मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा उठाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले जनप्रतिनिधिहरूले उठाएका विषयलाई व्यक्तिगत रूपमा नलिन र संवादमार्फत समाधान खोज्न सुझाव दिएका छन्।

पोखरामा सूर्यदर्शन सहकारीसँग जोडिएको घटनामा आफूमाथि विगतमा खोया प्रहार भएको र मंगलबार कालो झन्डा देखाइएको प्रसंग उठाउँदै लामिछानेले आफू यस्ता विरोधबाट विचलित नहुने बताएका छन्। उनले ठूला दलका नेताहरूलाई कार्यकर्तालाई व्यक्तिगत पूर्वाग्रह नराखी राजनीतिक एजेन्डामा प्रतिष्पर्धा गर्न प्रेरित गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स