पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १० गते
पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।गत अगष्ट १४ देखि लागु भएको नयाँ भिसा नीतिमा पाकिस्तान सरकारले नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई निःशुल्क भिसाको व्यवस्था गरेको हो। साथै, २४ घण्टाभित्र इ–भिसा उपलब्ध गराइने बताएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा पोर्टलमार्फत पाकिस्तानको संशोधित र उदार भिसा नीति नेपालसहित १२६ देशका नागरिकका लागि पूर्णरूपमा सञ्चालनमा रहेको बताए। उनले लेखेका छन्, यी देशका पर्यटक र व्यवसायीले बिना शुल्क २४ घण्टा भित्र भिसा प्राप्त गर्न सक्छन्।

पाकिस्तान सरकारले गत जुलाईदेखि आफ्नो भिसा नीति परिवर्तन गरेको हो। प्रधानमन्त्री शहबाज शरीफले भिसा व्यवस्थामा सहजताले पाकिस्तानलाई लगानी र पर्यटनको लागि आकर्षक गन्तव्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको बताएका थिए। नयाँ व्यवस्थाअनुसार पर्यटक तथा व्यापारिक यात्रुलाई २४ घण्टाभित्र ९० दिनको भिसा उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स