नेपाल विद्युत् प्राधिकरणका पुराना बिल पुनः गणना गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
नेपाल विद्युत् प्राधिकरणका पुराना बिल पुनः गणना गरिने
AdvertisementAds

सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलहरूको अध्ययन र पुनः गणना गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा नेपाल विद्युत् प्राधिकरणका एकजना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट पनि छन्।

समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगका सिफारिस र मन्त्रिपरिषद्का निर्णयका आधारमा पुराना बिलहरूलाई ‘टाइम अफ डे’ (टीओडी) मिटरको आधारमा पुनः गणना गरी जाँच गर्नेछ। बिलमा त्रुटि भएमा त्यसलाई सच्याउने अधिकार पनि समितिलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स