नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने



Advertisement
Ads

नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १:०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।


Advertisement

यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।


Advertisement

शेयर खरिदका लागि आगामी असार ११ गतेदेखि असार २५ भित्र आवेदन पेस गर्न सकिनेछ । साथै, तोकिएको अवधिभित्र आवेदन नपरेमा कम्पनीको नियमानुसार सो शेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।


Advertisement

#BajarkoChirfar

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर