संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (आइतबार) साँझ भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता तय भएको हो, जहाँ मोदी बसिरहेका छन्।
नेपाली पक्षको लामो तयारी र गृहकार्यपछि द्विपक्षीय भेटवार्ता निश्चित भएको हो। प्रधानमन्त्री ओलीको नियुक्तिपछि भारतीय समकक्षीसँगको यो पहिलो भेट हो। यसअघि थाइल्यान्डमा हुन लागेको बिमस्टेक बैठकमा उनीहरूबीच भेटवार्ता हुने भनिए पनि बैठक स्थगित भएपछि भेट सम्भव भएको थिएन।
भारतबाट शुक्रबार सकारात्मक संकेत प्राप्त भएपछि भेटको वातावरण बनेको हो। यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए, तर औपचारिक जवाफ प्राप्त भएको छैन। भारतीय पक्षसँग नेपालका प्रधानमन्त्री ओलीको सम्बन्ध तिक्त रहेको चर्चा भइरहेका बेला हुन लागेको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अन्य महत्त्वपूर्ण भेटवार्ता पनि गर्दैछन्। मोदीसँगको भेटअघि उनले भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटघाट गर्नेछन्। साथै, कुवेतका राजकुमार शेख सबाह अलसँग पनि आधा घन्टा लामो छलफल हुनेछ।
प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमालियाका प्रधानमन्त्री फियम नाओटी माटासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया