नेपाली काँग्रेसद्वारा पृथ्वीसुब्बा गुरुङले अपशब्द प्रयोग गरेको भन्दै पदबाट बर्खास्त गर्न माग

नेपाली काँग्रेसद्वारा पृथ्वीसुब्बा गुरुङले अपशब्द प्रयोग गरेको भन्दै पदबाट बर्खास्त गर्न माग
Advertisement Ads
नेपाली काँग्रेसका नेता र सांसद शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग गरेका छन्।

नेता भण्डारीले विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर सरकारविरुद्ध असन्तोष जनाएका छन्। हालै पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाउँदै ‘आइजीपी वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने’ भनेर टिप्पणी गरेका थिए।

भण्डारीले विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति र सुरक्षा कायम राख्न जिम्मेवार प्रहरी संगठनका प्रमुखलाई मन्त्री गुरुङले सार्वजनिक स्थलमा अपशब्द बोलेकोमा प्रधानमन्त्रीले तुरुन्तै उहाँलाई बर्खास्त गर्नुपर्ने छ।”

उनले यो अभिव्यक्तिका कारण भविष्यमा शान्ति र सुरक्षा समस्यामा पर्दा त्यसको जिम्मेवारी सरकारले र प्रधानमन्त्रीले लिनुपर्ने चेतावनी दिएका छन्।

image 10 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%aa%e0%a5%83 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स