instainsta

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
AdvertisementAds

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार साँझ सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुल्ला प्रतिस्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पुँजीबजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, शपथ ग्रहण गर्दै श्रेष्ठले पँजीबजारलाई चलाएमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरूको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए ।

श्रेष्ठलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स