नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज साँझ औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन्। अर्थ मन्त्रालयमा साँझ ५:३० बजे विशेष समारोहका बीच श्रेष्ठले अध्यक्ष पदको सपथ ग्रहण गर्नेछन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको थियो। बोर्ड अध्यक्ष पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठित सिफारिस समितिले डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, र सन्तोष नारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
लगभग एक वर्षदेखि नेतृत्वविहीन रहेको बोर्डमा श्रेष्ठको नियुक्ति पछि सुधारका काम अगाडि बढ्ने अपेक्षा गरिएको छ।

















प्रतिकृया