मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्। निवेदन आज आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइका लागि पेस हुनेछ।
प्रसाईंलाई ४ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विवादास्पद भिडियो सार्वजनिक गरेपछि पक्राउ गरिएको थियो। प्रहरीले काठमाडौं जिल्ला अदालतको अनुमति प्राप्त गरेर उनलाई हिरासतमा राखेर साईबर अपराध र सरकारी कागजात किर्ते जस्ता आरोपमा अनुसन्धान गरिरहेको छ।
















प्रतिकृया