विवादमा परेपछि दुईहात जोडी माफी मागे महजोडीले

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १४ गते
विवादमा परेपछि दुईहात जोडी माफी मागे महजोडीले

वरिष्ठ हास्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा गलत बोलेको कुरालाई महसुस गर्दै  माफी मागेका छन्। उनीहरूले  एक भिडियो सार्वजनिक गर्दै दर्शकसँग माफी मागेका हुन्।

कान्तिपुर पब्लिकेसनका सञ्चालक सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो। त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनी निर्दोष रहेको धारणा ब्यक्त गरेका थिए ।

सिरोहिया पक्राउ बारे मह जोडीको अभिव्यक्तिपछि उनीहरुको सामाजिक सञ्जालमा कडा आलोचना भएको थियो ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स