दशैंको बिदामा पनि बैंकहरूले आफ्नो सेवा खुला राख्दैछन्। काठमाण्डौ उपत्यका र बाहिरका विभिन्न शाखाहरू निश्चित समयका लागि खुला हुनेछन्। बैंकहरूले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शाखाहरूमा सेवा दिन लागेको जनाएका छन्।
प्रभु बैंक
प्रभु बैंकले काठमाण्डौ, विराटनगर, जनकपुर, इटहरी, नेपालगञ्ज, पोखरा लगायतका शाखाहरू असोज २४, २५, २७, र २८ गते बिहान १० देखि दिउँसो १:३० बजेसम्म खुला राख्नेछ। सेवाहरूमा निक्षेप, चेक भुक्तानी र रेमिट्यान्स भुक्तानी उपलब्ध हुनेछ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले असोज २४, २५, २७ र २८ गते विभिन्न शाखा कार्यालयहरू खोल्नेछ। बिर्तामोड, चाबहिल, नारायणगढ, पोखरा, बुटवल, र बर्दघाटका शाखाहरूमा सेवा प्रदान गरिनेछ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले दशैंको टिकाको दिन बाहेक बिदाका दिनहरूमा बिहान १० देखि १ बजेसम्म सेवा दिनेछ। टीकाको दिनमा भने केही शाखाहरू दिउँसो १ देखि ३ बजेसम्म खुला रहनेछन्। काठमाडौं, विराटनगर, वीरगञ्ज, जनकपुर, धरान, बुटवल जस्ता शाखाहरूले सेवा दिनेछन्।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले असोज २४, २५, २७ र २८ गते विभिन्न शाखाहरू खोल्नेछ। प्रमुख शाखाहरूमा विराटनगर, वीरगञ्ज, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी पर्दछन्।
सानिमा बैंक
सानिमा बैंकले असोज २४, २५, २७ र २८ गतेका दिन बैंकिङ्ग सेवा खुला राख्नेछ। यी दिनहरूमा बिहान ११ बजेदेखि २ बजेसम्म शाखाहरूबाट सेवा दिइनेछ।
कृषि विकास बैंक
कृषि विकास बैंकले असोज २४, २५ र २८ गते बिहान १० देखि १:३० बजेसम्म सेवा दिनेछ।
हिमालयन बैंक
हिमालयन बैंकले विराटनगर, बुटवल, पोखरा, वीरगञ्ज, धरान लगायतका शाखाहरूमा दशैंको बिदामा बिहान १० देखि २ बजेसम्म सेवा खुला राख्नेछ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले विराटनगर, इटहरी, जनकपुर, पोखरा, बुटवल र सुर्खेत जस्ता स्थानहरूमा शाखाहरू असोज २४, २५, २७ र २८ गते खुला राख्नेछ।
प्राइम बैंक
प्राइम बैंकका धरान, जनकपुर, वीरगञ्ज, पोखरा, ललितपुर, बुटवल, धनगढी लगायतका शाखाहरू दशैंको बिदामा खुला रहनेछन्।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले असोज २४ र २५ गते महेन्द्रचोक, दरबारमार्ग, हरिचोक र मणिग्रामका शाखाहरू खुला राख्नेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बौद्ध, बुटवल, वीरगञ्ज, नारायणघाट, पोखरा, र न्यूरोड शाखाहरू असोज २४, २५, २७ र २८ गते खुला राख्नेछ।
एभरेस्ट बैंक
एभरेस्ट बैंकले असोज २५ गते लगनखेल, न्यूरोड र बालाजु शाखाहरू बिहान १० देखि १:३० बजेसम्म खुला राख्नेछ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दशैंमा ६५ वटा शाखा खुला राख्ने छ।







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया