चन्द्रागिरी नगरपालिकले नवजात शिशुको नाममा मुद्धती खाता खोलिदिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १९ गते
चन्द्रागिरी नगरपालिकले नवजात शिशुको नाममा मुद्धती खाता खोलिदिने

चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंक बीच सम्झौता भएको छ । नगरपालिकाले उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआइसी एसिया बैंक छनौट गरेको हो ।

चन्द्रागिरि नगरपालिकाले नगरमा जन्मिएका नवजात शिशुहरूलाई ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा एन आई सी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ र यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने जनाएको छ । यस योजनामा सामेल हुने ग्राहकहरूको निक्षेपमा अधिकतम ब्याजदर प्रदान गर्ने बैंकले जानकारी दिएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाका अनुसार नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्व हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने जनाएको छ । नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्ने नागरिकका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुनेछन् र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने गरपालिका र बैंकले विश्वास व्यक्त गरेका छन्।

#Bajarkochirfar   #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स