हाल देशभर साधारण बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारण बदली रहने छ । साथै, सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारण बदली रहने जनाएको छ ।
सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

















प्रतिकृया