काठमाण्डौमा व्यवसायिक वातावरण सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाण्डौमा व्यवसायिक वातावरण सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

फिनिक्स कलेजअफ म्यानेजमेन्ट र युनिभर्सल कलेजको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंमा ‘ बिजनेस इन्भ्यारोमेन्ट इन् नेपाल’ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न कलेजमा स्नातक र स्नातकोत्तरतहमा अध्ययनरत ५०० बढी बिद्यार्थीहरुको सहभागिता थियो।

सम्मेलनमा व्यवसायिक वातावरण सम्बन्धी ५ पक्षहरू आर्थिक पक्षमा ‘राष्ट्रिय योजना आयोग’का सदस्य डा. राम कुमार फुयाँल, राजनीतिक पक्षमा ‘त्रिवि’का प्रोफेसर डा सुरेन्द्र केसी, कानुनी पक्षमा ‘काठमाडौं स्कूल अफ ल’का प्रोफेसर अधिवक्ता अन्जन कुमार दाहाल, प्रविधिक पक्षमा ‘इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियर समाज नेपाल’का अध्यक्ष राजेश जोशी र नेपालमा व्यवसायका सम्भावनाका विषयमा ‘नेपाल च्याम्बर अफ कमर्स,का अध्यक्ष कमलेश कुमार अग्रवालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै युनिभर्सल कलेजका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले नेपालमा उद्यमशीलताको बृहत सम्भावना भएको बताउदै उद्यमशीलताको माध्यमबाट समाज र अर्थतन्त्र दुवैमा सकारात्मक रूपान्तरण गर्न सकिने बताए। यस्तै सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रोफेसर डा. देवराज जोशीले अहिलेको युवा अबको ४० वर्षको नेतृत्त्व भएको बताउँदै विद्यार्थीहरुलाई सो जिम्मेवारी मनन गरेर अध्ययन गर्न सुझाव दिए। उनले कक्षा भित्रको पठनपाठन शिक्षण सिकाईको एक पाटो भएतापनि विद्यार्थीहरू समाजसँग जोड्नुपर्नेमा जोड दिए। अध्यक्ष अधिकरीले भने,“समाजसँग जोडिनु मुख्य कुरा हो। जब विद्यार्थी समाजसँग जोडिदैन समाज बुझ्दैन उसलाई समाजमा के योगदान दिने भन्ने थाहा हुँदैन।” उनले विद्यार्थीहरुलाई समाज बुझाउन विद्यार्थीको सहभागिताका यस किसिमका सम्मेलन महत्त्वपूर्ण भएको बताए।
2 1 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8c%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%be | %tags
सम्मेलनमा विश्वबिद्यालय अनुदान आयोगका सदस्य प्रोफेसर शंकर प्रसाद भण्डारीले अबको शिक्षा अवसर सृजना गर्ने र विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्ने हुनुपर्ने बताए। उनले नेपालको शिक्षण सिकाईमा क्रियटिभिटी जोडिनुपर्नेमा जोड दिए।

सम्मेलनबाट नेपालको व्यवसायिक वातावरण व्यवहारिक रुपमा कस्तो छ भन्ने रियल पिक्चर थाहा पाएको फिनिक्स कलेजका विद्यार्थी चिरञ्जीवी पण्डितले बताए। उनले कलेजको आयोजनामा यस्ता कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताउँदै, भोलि व्यवसाय सञ्चालन गर्न सक्ने सामर्थ्य राख्ने बिद्यार्थीहरूलाई सम्मेलनमा सहभागि गराउनुले कार्यक्रम परिणाममुखी हुने विश्वास व्यक्त गरे।

448015828 487823007095143 1196338298592839124 n https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a5%8c%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%be | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स