काँग्रेस—एमाले गठबन्धन लामो समय जाँदैनः माओवादी सांसद आलेमगर

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
काँग्रेस—एमाले गठबन्धन लामो समय जाँदैनः माओवादी सांसद आलेमगर

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले काँग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन् ।

सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको बताए । उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताए।

उनले भने, ‘यतिबेला एउटा गठबन्धनको सरकार छ । सबैभन्दा ठूला दुई दलहरु मिलेर बनेको छ । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन छ । यो सरकार बन्दैमा हामीलाई चिन्ता छैन । हामी रोई, कराई गरेका छैनौँ । बिलौना गरेका छैनौँ । यो अगाडि बढोस् । थुप्रै मान्यज्युहरुले यहाँ अभिव्यक्त गर्नुभएको जस्तै गठबन्धन फेरि रहन्छ, सरकार बदलिरहन्छ, यो नौलो कुरा होइन । कसैले पनि चिन्ता र आपत्ति मान्नुपर्ने कुरा छैन । हामी पनि यो सरकारको दीर्घायुकै कामना गरौँला । तर केका लागि बनेको भन्नेकुरा दिनको घाम जत्तिकै छर्लङ्ग भइसकेको छ । एक जना मन्त्रीले  भने, एमालेसँगको गठबन्धन खुकरीको धारमा हिँड्नु जस्तै भएको छ । यस्तै हो भने धेरै लामो जाला जस्तो म त देख्दिनँ ।’

उनले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स