लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक ९ गते बुकक्लोज गर्दैछ। जस अनुसार आज सम्म कायम सेयरधनीले कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद सेयर जारी अनुमति दिएपछि कम्पनीले बुकक्लोज मिति तय गरेको थियो। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्नेछ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।


![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइज के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइज के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया