SHAREHUBSHAREHUB

एलआईसी नेपालको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ८ गते
AdvertisementAds
एलआईसी नेपालको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
AdvertisementAds

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक ९ गते बुकक्लोज गर्दैछ। जस अनुसार आज सम्म कायम सेयरधनीले कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले गत असोज १४ गते एलआईसी नेपाललाई हकप्रद सेयर जारी अनुमति दिएपछि कम्पनीले बुकक्लोज मिति तय गरेको थियो। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्नेछ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स