एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिन मार्फत मतदान हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १७ गते
AdvertisementAds
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिन मार्फत मतदान हुने
AdvertisementAds

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ ।

काठमाडौँ स्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमार्फत २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

यसैबिच महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।  त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ । महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ ।

AdvertisementAds

अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन् । एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन् ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स