आवश्यकता अनुसार मौद्रिक नीति लचिलो हुँदै जान्छ, आर्थिक वर्ष २०८१/८२ सुखद् रहनेछ : कार्यकारी निर्देशक, राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २५ गते
AdvertisementAds
आवश्यकता अनुसार मौद्रिक नीति लचिलो हुँदै जान्छ, आर्थिक वर्ष २०८१/८२ सुखद् रहनेछ : कार्यकारी निर्देशक, राष्ट्र बैंक
AdvertisementAds

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैंक पूँजीबजार प्रति सँधै सकारात्मक रहेको बताएका छन्। बजारको चिरफारको नियमित कार्यक्रम चिरफार बहसमा बोल्दै भट्टले आगामी आर्थिक वर्ष २०८१/८२ नेपाली अर्थतन्त्रका लागि सुखद् हुने बताए।

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुलीमा देखिएका समस्याहरु समाधान हुँदै जाने, बैंकबाट प्रवाह हुने कर्जा बढ्ने, बैंक वित्तिय संस्थाहरुको नाफा बढ्दै जाने वातातरण बन्दै जाने विश्लेषण राष्ट्र बैंकको रहेको पनि उनले बताएका छन्।

हिजोका दिनहरुमा आवश्यकता अनुसार कसिलो नीतिहरु लिईएको र त्यसैको प्रभावस्वरुप अहिले धेरै कुराहरु ठिक ठाउँमा आईसकेकाले राष्ट्र बैंकले सजगतापूर्वक लचिलो मौद्रिक नीति लिने कार्यदिशालाई निरन्तरता दिने पनि उनको भनाई छ।

सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या आईरहेको बताउँदै आउने आर्थिक वर्षमा सरकार पूँजीगत खर्च गर्न सक्षम हुने विश्वास समेत  उनले  व्यक्त गरेका छन्।

भट्टसंग गरिएको चिरफार बहस आज साँझ ७ बजे बजारको चिरफारको युट्युब च्यानलमा प्रसारण हुनेछ।

AdvertisementAds

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स