आजसम्म कायम सेयरधनीले मात्र यी दुई हाइड्रोपावर कम्पनीको हकप्रद भर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २० गते
आजसम्म कायम सेयरधनीले मात्र यी दुई हाइड्रोपावर कम्पनीको हकप्रद भर्न पाउने
AdvertisementAds

आज दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हकप्रद निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीले भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछन्।

बलेफी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिसेयर  १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर  निष्काशन गर्न लागेको हो। आज (कात्तिक २०)सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

त्यस्तै, लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद सेयर  निष्काशन गर्न लागेको हो। आज (कात्तिक २०)सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स