अमेरिकी सेयर बजारका प्रख्यात लगानीकर्ता वारेन बफेटले अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक दान गरेका छन् । उनले ५ वटा च्यारिटीलाई बर्कसायर ह्याथवेको ५.३ अर्ब डलर बराबरको सेयर दान गरेका हुन् ।
आगामी अगस्टमा ९४ वर्ष पुग्न लागेका बफेटले ‘ए’ क्लासको ८ हजार ६७४ कित्तालाई परिवर्तन गरेर १३ लाख कित्ता ‘बी’ क्लासको सेयर दान गर्ने घोषणा गरेका हुन् । जसमध्ये ९ लाख ९३ हजार कित्ता सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई प्रदान गरिएको छ भने बाँकी रहेको सेयर सुसन थोमशन बफेट फाउन्डेशन र बफेटका सन्तान हावर्ड,सुसन र पिटर बफेटले सञ्चालन गरिरहेको च्यारिटलाई दान गरिएको छ ।
बफेटले सन् २००६ देखि यी ५ वटा परोपकारी संस्थाहरुलाई वार्षिक दान उपलब्ध गराउँदै आएका छन् । शुक्रबारको उक्त दानपश्चात पनि बफेटसँग १३० बिलियन डलरबराबरको २ लाख ७ हजार ९६३ कित्ता क्लास ए र २ हजार ५८६ कित्ता क्लास बी सेयर रहेको छ ।
#Bajarkochirfar #bazarkochirfar










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया