रुसले गुगललाई विश्व अर्थतन्त्रभन्दा धेरै रकम जरिवाना लगायो
रुसले अमेरिकी प्रविधि कम्पनी गुगललाई अथाह रकम बराबरको जरिवाना लगाएको छ। गुगलले युट्युबमा रुसी च्यानलहरू प्रतिबन्ध गरेपछि रुसले यो कदम चालेको हो। जरिवानाको रकम २० डेसिलियन डलर अर्थात् २० बिलियन ट्रिलियन ट्रिलियन अमेरिकी डलर बताइएको छ, जुन गणना गर्नसमेत कठिन रहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको कुल गाह्रस्थ उत्पादन ११० ट्रिलियन डलर छ, रुसको जरिवानाको रकमभन्दा निकै कम। गुगलकै पेरेन्ट कम्पनी अल्फाबेटको बजार मूल्य पनि लगभग २ ट्रिलियन डलर रहेको छ।
रुसी मिडिया तासका अनुसार, यसै हप्ता अदालतले गुगललाई युट्युब च्यानलहरू पुनः सञ्चालन गर्न आदेश दिएको थियो। २०२२ देखि केही च्यानलहरूमा प्रतिबन्ध लागेको थियो।
रुसी अधिकारीहरूले जरिवानालाई “प्रतीकात्मक” बताउँदै आएको छन्। उनीहरूले गुगलमा रुसी मिडिया प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका छन्, तर उक्त रकमको उच्चारणसमेत कठिन रहेको प्रतिक्रिया दिएका छन्।