आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १८ गते
आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच?

नेपाल बजारमा आज सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको नयाँ मूल्य प्रतितोला १,९१,७०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला २,१४५ रुपैयाँमा कारोबार भइरहेको छ।

व्यवसायीहरू आन्दोलित छन्, उनीहरूको माग छ कि सुनमा लाग्ने दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू भएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरियोस्। साथै, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर राख्नुपर्ने र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति र कार्यविधि बनाइनुपर्ने बताइरहेका छन्। यिनै कारणले सुन पसलहरू बन्द छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स