सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध Gen Z युवाहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक केही घण्टासम्म प्रभावित भएको छ।
आन्दोलनमा सहभागी अधिकांश युवा प्रत्यक्ष कलेजको कक्षा सकेर बानेश्वर पुगेका थिए। प्रदर्शनमा आएका युवामध्ये एक विद्यार्थीले भने, “हामी भोकै भए पनि आन्दोलनमा आएका हौं, किनकि यो देश हाम्रो भविष्यसँग जोडिएको छ।”


















प्रतिकृया