हिजो २१ सिट हुनेले दुई-तिहाइ पुर्‍याए, हामी त २५ सिटसहित अझै ठूलो छौँ: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १२ गते
हिजो २१ सिट हुनेले दुई-तिहाइ पुर्‍याए, हामी त २५ सिटसहित अझै ठूलो छौँ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा चुनावमा पार्टीले २१ सिट पाएको र त्यसले दुईतिहाइ पुर्‍याए पनि सांसदहरूलाई नआत्तिन आग्रह गरेका छन्। बिहीबार सांसदहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले चरम घट्दा पनि एमाले तेस्रो दलको शक्तिशाली भूमिकामा रहेको बताए।

ओलीले भने, “रास्वपा यसअघि २१ सिटमा थियो। प्रतिनिधि सभामा हामी त्यसको भन्दा बढी संख्यामा छौँ। गल्तीले देश, जनता, सुशासनविरुद्ध वा भ्रष्टाचारविरुद्ध असक्षम भएर सरकारबाट हटेको होइन। घृणा र चौतर्फी हमलाबाट हट्नुपरेको हो। निराशा हुनु पर्ने अवस्था छैन। चरम घट्दा पनि एमाले तेस्रो शक्तिको रूपमा रहेकै छ। अरु शक्तिको नामो निशान नरहँदा पनि तेस्रो शक्तिको रूपमा रहेको छ। सन्तोष गर्ने कुरा होइन, तर यथार्थ विश्लेषण हो। गम्भीर शिक्षा लिने अवसर पाएका छौँ। शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त राखेर अगाडि बढ्नुपर्छ।”

अध्यक्ष ओलीले रास्वपाको दुईतिहाइ परिणामलाई “जादुगरले परेवा निकाले जस्तो” भएको उदाहरणसहित व्याख्या गरे। “जादुमयी निर्वाचनको मञ्चन गरेर दुईतिहाइ ल्याऔँ भनेर मञ्चन गरिएको हो। जादुगरले परेवा निकाले जस्तै नतिजा हो। यसबाट आत्तिनु पर्दैन। कुनै चिज क्लाइमेक्समा पुगेपछि घट्ने दिशा प्रारम्भ हुन्छ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स