याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत्र ८ देखि चैत्र ११ सम्म २ लाख १० हजार कित्ता सेयर निष्काशन गरेको थियो। बिक्री प्रबन्धकका अनुसार यसमा ८३ हजार ४२० जनाको आवेदन परेको थियो जसमध्ये ८३ हजार ३ सय ९६ जना मात्र योग्य ठहरिएका छन्।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। यसअनुसार २१ हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

yambaling hydropower ipo allotted notice 1775023375521 https://bajarkochirfar.com/yambaling-hydropowers-ipo-allotment-completed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स