पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट सोमबार सुनुवाइ हुने भएको छ।
आइतबार, ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। दाबी अनुसार, दुबैलाई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही भएको छ र रिटमा उनीहरूलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराएर थुनामुक्त गर्न माग गरिएको छ।
शनिबार बिहान दुवै पक्राउ परेका थिए। उनीहरू विरुद्ध कारबाही गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो। यसअनुसार उनीहरूलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस गरिएको छ।
दफा १८१ अनुसार लापरबाहीपूर्ण कामबाट कसैको ज्यान मार्दा ३–१० वर्ष कैद र ३० हजार–१ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ भने दफा १८२ अनुसार हेलचक्र्याइँपूर्ण कामबाट ज्यान मार्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था छ। सर्वोच्च प्रशासनले दुवै रिट दर्ता भएको पुष्टि गरेको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया