राष्ट्र बैंकको सटही स्वीकृतिसँगै iDream अमेरिकामा शाखा खोलेको पहिलो नेपाली आईटी कम्पनी बन्यो

राष्ट्र बैंकको सटही स्वीकृतिसँगै iDream अमेरिकामा शाखा खोलेको पहिलो नेपाली आईटी कम्पनी बन्यो

नेपाली सूचना प्रविधि (आईटी) कम्पनी आईड्रीम टेक्नोलोजिज प्राइभेट लिमिटेड (iDream Technologies Pvt. Ltd.) ले अमेरिकाको डेलावेयर राज्यमा शाखा कार्यालय स्थापना गरेको छ। यसका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुलुकमा इक्विटी लगानी तथा आवश्यक अमेरिकी डलर सटहीको अनुमति दिएको कम्पनीले जनाएको छ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक डा. सुशील पौडेलका अनुसार राष्ट्र बैंकले विदेशी शाखा खोल्न आवश्यक पूँजी स्थानान्तरणको स्वीकृति दिएसँगै डेलावेयरमा iDream LLC औपचारिक रूपमा दर्ता गरिएको हो। यससँगै विदेशी शाखा खोल्ने स्वीकृति प्राप्त गर्ने मुलुककै पहिलो आईटी कम्पनीका रूपमा iDream स्थापित भएको उनको दाबी छ।

डा. पौडेलले सामाजिक सञ्जालमार्फत राष्ट्र बैंकको यो निर्णयलाई नेपाली आईटी क्षेत्रका लागि “दीर्घकालीन अवरोध हटाउने ऐतिहासिक मोड”को संज्ञा दिएका छन्। उनका अनुसार यस निर्णयले नेपाली आईटी कम्पनीहरूलाई कानुनी रूपमा विश्व बजारमा विस्तार गर्न मार्ग प्रशस्त गरेको छ।

उनले सन् २०१४ देखि आफूले आईटी आउटसोर्सिङ क्षेत्रको विकासका लागि निरन्तर प्रयास गर्दै आएको उल्लेख गरेका छन्। सो प्रयास अनुसन्धान, नीतिनिर्माण तथा शैक्षिक तहसम्म विस्तार भएको र सोही विषयमा पीएचडी उपाधि हासिल गरेको पनि उनले बताएका छन्।

डा. पौडेलका अनुसार यो निर्णय नीतिगत सुधार मात्र नभई नेपाली आईटी उद्योगलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने स्वतन्त्रताको मान्यता हो। “अब नेपाली कम्पनीहरूले कानुनी रूपमा विश्वका जुनसुकै देशमा कार्यालय खोल्न सक्नेछन्,” उनले उल्लेख गरेका छन्। उनका अनुसार डिसेम्बर १५, २०२५ नेपाली आईटी उद्योगको इतिहासमा स्मरणीय दिनका रूपमा रहनेछ।

598111892 2076219836475967 7679491656311890838 n https://bajarkochirfar.com/with-the-approval-of-the-nepal-rastra-bank-idream-becomes-the-first-nepali-it-company-to-open-a-branch-in-the-us | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स