प्रसिद्ध युट्युबर मिस्टर विस्ट (जिम्मी डोनाल्डसन) ले टिकटकलाई अमेरिकामा प्रतिबन्धबाट बचाउन खरिदको पहल गरेका छन्। सामाजिक सञ्जाल एक्समा हालै गरिएको पोस्टमा उनले टिकटक किन्ने विषयमा अर्बपति लगानीकर्ताहरूसँग छलफल गरिरहेको खुलासा गरेका छन्।
टिकटकको अमेरिकी भविष्य अन्योलपूर्ण बनेका बेला, मिस्टर विस्टले यसलाई प्रतिबन्ध हुन नदिन आफ्नो प्रयास अघि बढाएका हुन्। उनले एक्समा लेखेका छन्, “ठीक छ, म टिकटक किन्न तयार छु ताकि यो प्रतिबन्धित नहोस्।” केही समयपछि उनले अर्को पोस्ट गर्दै भने, “यो गम्भीर विषय हो। म धेरै अर्बपतिहरूसँग यसबारेमा कुरा गरिरहेको छु। हेर्दै जाऔं के हुन्छ।” उनको यो ट्विटले टिकटकको भविष्यका बारेमा धेरै अड्कलबाजीहरू हुन थालेको छ।
त्यस्तै, यसअघि मस्कको सोशल मिडिया कम्पनी एक्स (पहिले ट्विटर) ले टिकटक खरीद गरेर यसलाई आफ्नो प्लेटफर्ममा एकीकृत गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको थियो। यदि चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरे आगामी आइतबारदेखि अमेरिकामा टिकटक सेवा भने बन्द हुनेछ ।
प्रतिकृया