टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् ।
वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरूले आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो । टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दै गएको छ ।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)




प्रतिकृया