साना कुरामा पनि प्रधानमन्त्रीकै मुख ताक्ने भए संघीयता किन चाहियो? अधिकारको गाँठो फुकाउनुस: हर्क साम्पाङ

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ६ गते
साना कुरामा पनि प्रधानमन्त्रीकै मुख ताक्ने भए संघीयता किन चाहियो? अधिकारको गाँठो फुकाउनुस: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीमै केन्द्रित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। आइतबार ललितपुरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको मर्मअनुसार काम हुन नसकेको भन्दै सुधार आवश्यक रहेको उल्लेख गरे।

राईले विकास तथा निर्माण कार्य प्रभावकारी बनाउन कानुनी संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको बताए। वर्तमान कानुनले काममा अवरोध सिर्जना गरिरहेको उल्लेख गर्दै उनले मन्त्रालयबीचको समन्वय अभावका कारण परियोजनाहरू प्रभावित भइरहेको बताए।

उनले उदाहरण दिँदै बाटो निर्माण गर्न खोज्दा वन मन्त्रालयले रोक्ने, पानीको ट्यांकी बनाउन खोज्दा पनि अवरोध हुने जस्ता विरोधाभाषपूर्ण अवस्था रहेको बताए। यस्ता समस्याले विकास निर्माणको गति सुस्त भएको उनको भनाइ छ।

संघीय व्यवस्थालाई व्यवहारिक बनाउँदै अधिकारको विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिँदै उनले सबै निर्णयका लागि प्रधानमन्त्रीकै मुख ताक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।

त्यसैगरी, उनले सबै संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिँदै अल्पसंख्यक समुदायको पहिचान र संस्कृतिको संरक्षण आवश्यक रहेको धारणा राखे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स