नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति चयन भएपछि उनी पदबाट हटेका हुन्।
पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसमा नयाँ कार्यसमिति गठन भएको थियो। उक्त कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपामा पुगेर पदभार ग्रहण र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम तय गरेको छ।
कार्यक्रमअघि नै मुख्यसचिव पौडेलले राजीनामा दिएका थिए। उनी राष्ट्रिय सभा सांसदसमेत हुन्।
राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना जारी गरेका थिए।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया