राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको प्रस्तावित सूचीमा चर्चित गायक प्रकाश सपूत परेका छैनन् तर अभिनेत्री रीमा विश्वकर्मा सांसद बन्ने सूचीमा परेकी छन्।
पार्टी सचिवालयको निर्णयअनुसार प्रस्तावित सूचीमा महिला प्रतिनिधित्वसम्बन्धी संवैधानिक प्रावधानको कारण यस्तो संरचना बनेको छ। कुल ५७ प्रस्तावित सांसदमा ४८ महिला र ९ पुरुष छन्। संविधानअनुसार संघीय संसदमा प्रत्येक दलबाट निर्वाचित कुल सदस्यको कम्तीमा एक तिहाई महिला हुनुपर्छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्ने देखिएको छ। प्रत्यक्ष निर्वाचनबाट १३ महिला निर्वाचित भइसकेकाले बाँकी ४८ महिला समानुपातिक सूचीबाट सांसद बन्ने व्यवस्था छ।
यसै कारण दलिततर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपूत सूचीमा अटाउन सकेनन् तर सोही समूहमा पहिलो नम्बरमा रहेकी रीमा विश्वकर्मा सांसद बन्ने सूचीमा परेकी छन्।
जात/समूह अनुसार समानुपातिक सांसदहरूको विवरण:
खस आर्य (१६ महिला, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल, रमेश प्रसाईँ
आदिवासी जनजाति (१३ महिला, ३ पुरुष)
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा
मधेसी (६ महिला, २ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव, खगेन्द्र कर्ण
दलित (७ महिला, १ पुरुष)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक, प्रकाशचन्द्र परियार
थारु (२ महिला, २ पुरुष)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी
मुस्लिम (३ महिला)
समिना मिया, अफ्साना बानु, गलाजा शमीम मिकरानी


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया