कहिले हुदैछ सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

कहिले हुदैछ सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड ?

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलले बाँडफाँडको तयारी गरिरहेका छन्।आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन मागभन्दा ३.८६ गुणा बढी आवेदन परेको छ। बाँडफाँडपछि ८ लाख २० हजारले १०–१० कित्ता सेयर पाउनेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको छ। यसमा आयोजना प्रभावितलाई १ करोड र वैदेशिक रोजगारीमा रहेका १० लाख कित्ता छुट्याइएको थियो। बाँकी ८२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स