पियोर इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको सेयर क्रेस्ट (PURE) सिम्बोलका साथ डिम्याट खातामा देखिन थालेको छ। कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा करिब १ लाख १९ हजार ५२० जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्।
अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र त्यसको भोलिपल्टदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९६.४५ रुपैयाँदेखि अधिकतम २८९.३५ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्ने अनुमान छ।





















प्रतिकृया