श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट यही कात्तिक १२ गते बुधबार हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बाँडफाँटको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा १९ लाख ४२ हजार ६८२ जना लगानीकर्ताले आवेदन दिएका थिए जसमा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी बराबरको २ करोड १७ लाख कित्ता सेयरका लागि आवेदन परेको छ। यो संख्या कम्पनीले बिक्री गरेको सेयरभन्दा ८.६४ गुणा बढी हो।
गोलाप्रथाबाट बाँडफाँट गर्दा २ लाख ५१ हजार ४९ जना भाग्यशाली आवेदकले सेयर पाउनेछन्। तीमध्ये ३ जनाले १–१ कित्ता थप गरी ११ कित्ता सेयर प्राप्त गर्नेछन्।आवेदन दिएका मध्ये करिब १६ लाख ९१ हजार भन्दा बढी लगानीकर्ताको हात खाली रहने भएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया