तिनकुने घटनाबारे के भन्छन् पूर्वराजा ज्ञानेन्द्र शाह ?



Advertisement
Ads

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुनमा प्रजातन्त्र दिवसको अवसरमा व्यक्त विचारमा स्पष्टता ल्याउँदै नयाँ वर्ष २०८२ सालको शुभकामनासहित एक भिडियो सन्देश जारी गरेका छन्। आइतबार सार्वजनिक गरिएको १० मिनेट २७ सेकेन्डको उक्त भिडियोमा उनले विगतका अभिव्यक्तिहरूको उद्देश्य कसैको निजी स्वार्थ वा विचारधारालाई होइन, समग्र नेपाली जनताको हित र राष्ट्रको समृद्धिलाई लक्षित रहेको स्पष्ट पारेका छन्।

पूर्वराजाले सबै समस्याको समाधान संवाद, समन्वय, सहमति र सहकार्यबाट खोजिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रा आह्वानहरू कसैको व्यक्तिगत लाभ वा कुनै सैद्धान्तिकवादका लागि होइन, जनताको स्वाधीनता, सम्प्रभुता र नेपालीको सुखमय जीवनका लागि हो।”


Advertisement

पूर्वराजाले वास्तविक लोकतन्त्रमा जनगुनासो सुन्ने संस्कार रहनु पर्ने बताएका छन्। उनले जनतामा देशप्रतिको बढ्दो जागरुकतालाई सकारात्मक संकेतका रूपमा लिँदै भने, “जुन जागरुकता पैदा भएको छ, त्यसकै आधारमा २०८२ सालमा सकारात्मक परिणाम आउने विश्वास लिएका छौं।”

उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै तन्त्र वा वाद नहुने उल्लेख गर्दै, “वास्तविक प्रजातन्त्रमा जनताको आवाज सुन्ने परम्परा हुन्छ,” भनेका छन्। साथै, संसार धेरै अघि बढिसकेको सन्दर्भ उठाउँदै अब नेपाल आमालाई केन्द्रमा राखेर राष्ट्रको दिशामा अघि बढ्नुपर्ने धारणा पनि राखेका छन्।

सन्देशको अन्त्यतिर उनले विगतमा राष्ट्रिय समस्या समाधानका लागि आफूले त्याग गरेको स्मरण गर्दै भने, “अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौं।” साथै, देशको समृद्धि र राष्ट्रिय एकता कायम राख्न सबै देशवासीलाई साथ दिन आह्वान गर्दै, “अब समय आयो — राष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस्,” भनेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर