राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्मा निर्णयक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
जेसिजले यहाँ आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रहेका समस्याको समाधानका लागि नवीन ढङ्गले सोच्नुपर्ने बेला आएको र त्यसका लागि आफ्नो पार्टीले आवाज उठाइरहेको बताए ।
अध्यक्ष लिङ्देनले नयाँ र पुरानाको चर्चा भइरहेको भन्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारका हिसाबले त्यसको मूल्याङ्कन गरिनुपर्ने धारणा राखे ।
उनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे।











![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया